काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् ।
यस्तै, महामन्त्रीका अरू उमेदवारहरू डा। प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा। मीनेन्द्र रिजालले ८०९ र डा। राजाराम कार्कीले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो । आज मतगणनापछि अन्तिम मत परिणाम सार्वजनिक गरिएको हो ।