काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आगामी कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना र परिणाम आउने क्रम जारी छ । हालसम्म आठजना पदाधिकारी निर्वाचित भइसकेका छन् ।
हालसम्म निर्वाचित हुनेमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र तीनजना सह–महामन्त्री विजयी भइसकेका छन् । अब पाँच सह–महामन्त्रीको मतपरिणाम आउन बाँकी छ ।
सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । उनी दोस्रो चरणमा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित भएका छन् । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् ।
आदिवासी जनजातितर्फ सह–महामन्त्रीमा भीष्मराज आङदेम्बे, महिला सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ र दलित सह–महामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।
पाँच सह–महामन्त्रीको मतपरिणाम आउन बाँकी छ । बाँकी सह–महामन्त्रीको मतगणना आज हुँदै छ ।