सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस महाधिवेशन : सहमहामन्त्रीतर्फ तीनवटा क्लष्टरको मतगणना सुरु हुँदै


  • 3.5K
    SHARES
  • https://indrenipost.com/posts/2419
    पुष २, २०७८ शुक्रबार
    काँग्रेस महाधिवेशन : सहमहामन्त्रीतर्फ तीनवटा क्लष्टरको मतगणना सुरु हुँदै

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज सह–महामन्त्रीतर्फ तीन क्लष्टरको मतगणना हुँदै छ । मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना आज हुन लागेको हो । 

    केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान करिब १० बजेबाट मतगणना सुरु हुनेछ । नौ ठाउँमा मतगणना हुनेछ । मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना सकिएपछि बाँकीको मतगणना सुरु गरिने समितिले जनाएको छ । 

    खसआर्यतर्फ किशोरसिंह राठौर र देबराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादब तथा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिष्पर्धामा छन् । 

    महिला सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र  दलित सह–महामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij