बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

माओवादीले भन्यो राष्ट्रिय सम्मेलन, गर्यो महाधिवेशन किन ? 


  • 3.2K
    SHARES
  • https://indrenipost.com/posts/2623
    पुष ११, २०७८ आइतबार
    माओवादीले भन्यो राष्ट्रिय सम्मेलन, गर्यो महाधिवेशन किन ? 

    काठमाडौं । शनिवारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ ।

    एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै थियो । शनिवार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेतासँग सल्लाह गरे र सबै प्रक्रिया पूरा भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भयो । शनिवार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले नै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी गराएका थिए । उनले पार्टीको महाधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको आज बसेको केन्द्रीय समितिको बैठकमा समेत जानकारी गराएका थिए ।

    स्थानीय तहदेखि नै सबै प्रक्रिया पुर्‍याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने देखिएको र विधान पनि व्यवस्थित ढंगले संशोधन गरेर प्रस्तुत गर्न लागेकाले यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखिने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

    ुनाम सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ । त्यसले दिने सन्देश नै बलियो हुन्छ र हामीले पारित गर्ने दस्तावेज र विधानको महत्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्दै छौँ भन्ने भएपछि महाधिवेशनमा परिणत गरिएको होु प्रचण्डले भने ।

    माओवादीले वैधानिक र कानुनी रुपमा के हुन्छ, भनेर केन्द्रीय सदस्य मुक्ति प्रधानलाई निर्वाचन आयोगसँग परामर्शका लागि खटाएको थियो । वैधानिक र कानूनी पाटो के हुन्छ भनेर आयोगसँग छलफल गरेपछि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीले जनाएको छ ।

    प्रधानले आयोगसँग बुझ्दा भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भए पनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिए महाधिवेशन भन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ प्राप्त भएको थियो ।

    पाँच वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्ने कानुनी एवं संवैधानिक प्रावधान छ । वि सं २०७३ मा तत्कालीन नेकपा (एमाले)सँग एकता भएकाले महाधिवेशनलगायतका नियमित प्रक्रिया अगाडि बढेको थिएन । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टाछट्टै दलका रुपमा विभक्त भए ।

    गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।

    माओवादीको विधानअनुसार सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाले गर्दा तुरुन्तै महाधिवेशनको आयोजना गर्नुपर्ने अवस्था आउथ्यो । निर्वाचन आयोगले महाधिवेशनबारे प्रश्न गरेको अवस्थामा दबाब हुने भएकाले पनि यस्तो निर्णय गरिएको प्रचण्डले केन्द्रीय समितिमा जानकारी गराएका थिए ।

    ुहाम्रो अनुकूलतामा त महाधिवेशन गरी नै हाल्छौँ । दुई वर्ष अढाइ वर्ष जहिले पनि गर्न सक्छौँ । तर अहिले महाधिवेशन भनिएन भने त चाँडै गर्नुपर्ने हुन्छ । त्यो तनावमा हामी किन बस्ने ? एकछिनलाई कसैले अस्तिसम्म सम्मेलन भन्ने आज महाधिवेशन भन्लान्, तर त्यसको हामी मजाले जवाफ दिन सक्छौँ ।ु

    सबै प्रक्रिया पुर्‍याइएकाले महाधिवेशन भन्न लायक र उपयुक्त रहेको तर्क गर्दै उनले व्यवस्थित ढंगले विधान संशोधन गर्न लागिएको तथा सम्मेलनलाई महाधिवेशनान परिणत गरिएको बताए ।

    शनिवार साँझ बसेको स्थायी कमिटीको बैठकमा सम्मेलनलाई राष्ट्रिय महाधिवेशनका रूपमा सम्पन्न गर्न उचित हुन्छ भन्ने नेताबिच समझदारी भएको थियो । पार्टीको सदस्यता नवीकरणदेखि वडामा सम्मेलन र त्यहाँ प्रतिनिधि चुन्नेदेखि त्यहाँ प्रतिवेदन पारित गर्ने तथा नेतृत्व चयन गर्नेसम्मका काम नियमित रुपमा नै सम्पन्न भएका छन् ।

    यस्तै पालिकाको सम्मेलन, त्यहाँ प्रतिवेदन प्रस्तुत र नयाँ नेतृत्व निर्माणको निर्वाचन पनि गरिएको छ । राष्ट्रिय रुपमा सहभागी हुने प्रतिनिधिको छनोट र कमिटीको निर्वाचन प्रक्रिया पनि पूरा भएको छ । केन्द्रीय समितिको पनि निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले काम गरेको छ । माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ ।

    अन्य प्रमुख पार्टीले महाधिवेशन गर्दा सबै विधि नपुगे पनि महाधिवेशनका रुपमा नै स्थापित भएको माओवादीको तर्क छ ।

    ुराष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दै छौँु, अध्यक्ष प्रचण्डको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij