मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

को हुन् भ्वाइस अफ नेपालबाट बाहिरिएका कोच ? (नामसहित)


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/4617
    भदौ २८, २०८० बिहीबार
    को हुन् भ्वाइस अफ नेपालबाट बाहिरिएका कोच ? (नामसहित)

    सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ ।

    आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ ।

    नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा रहेका प्रविशा अधिकारी र राजु लामा नयाँ सिजनमा कोचका रुपमा रहने छैनन् ।

    उनीहरुका ठाउँमा उदय सोताङ र मिलन नेवार भित्रिएका छन् । उदय र मिलनलाई कोचका रुपमा अनुबन्धित गरिएको छ ।

    अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनबाट कोचका रुपमा जोडिएका राजेशपायल राई पनि नयाँ संस्करणमा दोहोरिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij