सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

विज्ञान-प्रविधि

होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना


  • 937
    SHARES
  • https://indrenipost.com/posts/4725
    कात्तिक २, २०८० बिहीबार
    होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना

    जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा शुरू गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । 

    यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ । 

    होन्डाले विज्ञप्तिमार्फत सान फ्रान्सिस्कोमा रहेको सेल्फ ड्राइभिङ कार अपरेटर क्रुजद्वारा सहविकास गरिएको यो परियोजनाले जापानमा नयाँ प्रकारको गतिशीलताको अनुभव प्रदान गर्ने बताएको छ । 

    ‘यो एउटा उन्नत गतिशील समाज प्राप्तितर्फ एउटा मुख्य कदम हुनेछ,’ होन्डाका प्रमुख कार्यकारी तोसिहिरो मिबेले भने । 

    यो परियोजनाले ट्याक्सी र बस ड्राइभरको कमीजस्ता जापानले भोगिरहेको सामाजिक मुद्दालाई पनि सम्बोधन गर्न सहयोग गर्ने लक्ष्य लिएको होन्डाले जनाएको छ । 

    तीव्ररूपमा वृद्धहरूको बढिरहेको जनसङ्ख्या र श्रमको कमीसँग लगातार सङ्घर्ष गरिरहेको जापान सरकारले स्वायत्त सवारीलाई प्रश्रय दिँदै आएको छ । 

    सन् २०२० मा केही परिस्थितिमा पूर्ण नियन्त्रण गर्न सकिने सक्षम सवारी साधनहरूलाई सार्वजनिक सडकमा चलाउन अनुमति दिने मुलुकमा जापान पहिलो बनेको थियो । 

    टोयोटा र निसानजस्ता सवारी साधन निर्माता कम्पनीले पनि स्वचालक बस तथा ट्याक्सीको परीक्षण गरिरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij