आइतबार, साउन २५ गते २०८२ Aug 10 2025 Sunday
images
images

'खोवी या लिउ लिउ' म्युजिक भिडियो सार्वजानिक

  • 11.9K
    SHARES
  • https://indrenipost.com/posts/493
    पुष २०, २०७७ सोमबार
    'खोवी या लिउ लिउ' म्युजिक भिडियो सार्वजानिक

    नेपाल भाषामा तयार पारिएको म्युजिक भिडियो 'खोवी या लिउ लिउ' सार्वजनिक गरिएको छ। यस म्युजिक भिडियो सार्वजनिक गर्नका लागि आयोजित सांगीतिक कार्यक्रममा प्रमुख अथितिका रुपमा चर्चित गायक प्रवेशमान शाक्य उपस्थित थिए ।

    यस कार्यक्रममा सांगीतिक क्षेत्रका व्यक्तित्वहरु लगायत बिभिन्न मिडियाका सञ्चारकर्मीको बाग्लो उपस्थिति रहेको थियो । नेपाली भाषामा 'खोवी या लिउ लिउ' को अर्थ जीवन भनेको आँशु होइन, जीवनलाई सम्हाल्नु पर्छ भन्ने हुन्छ । यो समग्रमा माया प्रेमको कथामा आधारित म्युजिक भिडियो हो ।

    बालकृष्ण महर्जनको शब्द अनि गायक कर्ण बज्राचार्यको स्वर रहेको यस गीतलाई दिपेश सिंहले निर्देशन गरेका छन् भने संगीत पनि सिंह कै रहेको छ। यस गीतको ईडीटिङ्ग गायक प्रशान्त मिस्टले गरेका हुन् ।

    गायक कर्ण बज्राचार्य र मन्दिरा मगरको अभिनय रहेको भिडियोमा बिशेष अभिनय उजिता बज्राचार्य छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रवेशमान शाक्यले भिडियो राम्रो बनेको र यस्ता खालको भिडियो बन्नुले आफ्नो भाषा सस्कृति संरक्षणमा टेवा पुग्ने बताउनु भयो।यसै कार्यक्रममा सञ्चारकर्मी लगाएत बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो कार्यक्रमको बीच बीचमा प्रमुख अतिथिको सांगीतिक प्रस्तुतिले झन कार्यक्रम संगीतमय बनेको थियो ।

    135261620_150223453330316_2187038081169500690_n.jpg135602297_308317437248237_7960652385245648856_n.jpg

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij