सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

भूकम्पले भवनहरु क्षतिग्रस्त बनाएपछि खुल्ला चौरमै स्वास्थ्य सेवा


  • 469
    SHARES
  • https://indrenipost.com/posts/5050
    कात्तिक १९, २०८० आइतबार
    भूकम्पले भवनहरु क्षतिग्रस्त बनाएपछि खुल्ला चौरमै स्वास्थ्य सेवा

    जाजरकोट । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । 

    दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।

    गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताए । 

    भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ । 

    जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उनले बताए । भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दुरीमा पर्छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij