सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

गर्भवतीको गाउँमै निःशुल्क भिडियो एक्सरे


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/5099
    कात्तिक २४, २०८० शुक्रबार
    गर्भवतीको गाउँमै निःशुल्क भिडियो एक्सरे

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवतीका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा प्रदान गर्न सुरु गरिएको छ । 

    गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरू गरेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए । 

    विभिन्न नौ वटा संस्थाबाट पालिकाभित्र रहेका एक सय ६० गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको उनले बताए । 

    भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने प्रमुख भट्टको भनाइ थियो । गाउँपालिकाले एक–एक महिनाको फरकमा गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी पठाउने गरिएको उनले जानकारी दिए । 

    गर्भवती महिला थप भएमा कार्यक्रम तालिकाअनुसार नयाँको पनि गर्भ परीक्षण गर्ने व्यवस्था गरिने प्रमुख भट्टले जानकारी दिए । “एउटा महिना देउराली, पन्द्रुङ, ताकुकोट, तामलाबोट र स्वाँरामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गछौं, उनले भने– ‘लगत्तै अर्को महिना बारपाक, सौरपानी, रन्चोकमा स्वास्थ्यकर्मी पठाउँछौँ । पालैपालो महिना बिराएर सेवा दिन शुरू गरेका छौँ ।’

    एकजना गर्भवती महिलाको कम्तीमा तीन पटक अनिवार्यरुपमा भिडियो एक्सरे गर्नुपर्ने भएकाले सोही अनुसार सेवा प्रदान गरिने अहेव राजमती श्रेष्ठले बताए । ‘त्यसपछि भने आवश्यकताअनुसार एक्सरे गरिन्छ,’ उनले भने– ‘पहिलो चरणमा सबै वडामा पुगेर गर्भवती महिलाको गर्भवस्थाको एक्सरे जाँच गरी सकिएको छ ।’

    गर्भवतीको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले गाउँपालिकाले गर्भवतीका लागि टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क भिडियो एक्सरे जाँच गर्न थालेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । 

    प्रोटेबल भिडियो एक्सरे मेसिनको प्रयोग गरी स्वास्थ्यकर्मीले सेवा दिँदै आएका उनको भनाइ थियो । गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू गरेसँगै पालिकाभित्रका गर्भवतीले गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij