सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एचआइभी सङ्क्रमितको शल्यक्रियामार्फत शिशु


  • 460
    SHARES
  • https://indrenipost.com/posts/5294
    मंसिर ११, २०८० सोमबार

    गलकोट । यहाँको धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकि छिन् ।

    आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ ।

    शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ ।

    शिशुका आमाबा दुवै एचआइभी सङ्क्रमित भइ एआरटी औषधि सेवन गरिरहेका छन् ।

    यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो ।

    एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले अस्पतालमा एचआइभी सङ्क्रमितको उपचार र परामर्श दिँदै आइएको बताए ।

    स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिया गरिएको धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.विजय ओझाले जानकारी दिए ।

    शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआइभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधिसमेत चलाउन थालिएको ओझाको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij