मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शाहरूखकाे चर्चित फिल्म 'डंकी’ले कमायो कति ?


  • 586
    SHARES
  • https://indrenipost.com/posts/5897
    पुष २३, २०८० सोमबार
    शाहरूखकाे चर्चित फिल्म 'डंकी’ले कमायो कति ?

    राजकुमार हिरानी निर्देशित फिल्म  ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म हो ।

    यसअघि किंग खानको पठान र जवानले बक्स अफिसमा धमाका मच्चाएको थियो ।

    तर, ‘डंकी’ को कमाइको गति पठान र जवानको जत्तिको थियो ।

    यसको एउटा कारण सालारसँग प्रभासको प्रतिस्पर्धा चर्कै थियो ।

    यति हुँदाहुँदै पनि  ‘डन्की’ले देश र विश्वमा राम्रो कलेक्सन गरेको छ ।    

    ‘डंकी’ ले रिलिज भएको तेस्रो आइतबार कति कलेक्सन गर्‍यो त ? जानौं ।    

    शाहरुख खानको   ‘डंकी’ पारिवारिक कमेडी फिल्म हो ।

    किंग खानको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ र योसँगै यसले उत्कृष्ट कलेक्सन पनि गरेको छ ।

    चलचित्रले अपेक्षाअनुरुप व्यापार गर्न नसके पनि घरेलु बजारमा २ सय करोडको आँकडा पार गरि विश्वभर ४ सय करोडभन्दा बढी कलेक्सन गरेको छ ।  

    फिल्मको कमाईको कुरा गर्दा २९.२ करोडको ओपनिङ गरेको  ‘डंकी’ ले घरेलु बजारमा पहिलो साता १६०.२२ करोड कमाएको थियो ।

    दोस्रो हप्तामा फिल्मले ४६.२५ करोड कमाएको थियो ।

    फिल्मले रिलिजको तेस्रो शुक्रबार २.२५ करोड कमाएको छ भने तेस्रो शनिबार  ‘डंकी’ को कलेक्सन ६० प्रतिशतले बढेर ३.६ करोड पुगेको छ ।

    अब फिल्मको रिलिजको १८ औं दिन अर्थात तेस्रो आइतबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।  

    ‘डिंकी’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ र विश्वभर बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।

    फिल्मले रिलिज भएको १७ दिनमै विश्वभर राम्रो कलेक्सन गरेको छ ।

    रेड चिली इन्टरटेनमेन्टले साझा गरेको तथ्यांक अनुसार यो फिल्मले रिलिज भएको १७ दिनमा ४३६.४० करोड कमाएको छ ।

    फिल्मले १८ औं दिनमा ४४० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij