अक्टुबर महिनामा हुने टी २० विश्वकपका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा भएको छ । अफ स्पिनर रविचन्द्रन अश्विन चार वर्षपछि टी २० इन्टरनेशनलमा फर्कने भएका छ ।
यी हुन्, टोलीमा समावेश खेलाडी
ब्याट्सम्यान-विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव
विकेटकिपर-ऋषभ पन्त, ईशान किशन
स्पिनर-राहुल चाहर, आर अश्विन, वरुण चक्रवर्ती, अक्षर पटेल
पेसर-जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी ।
अलराउन्डर-रविन्द्र जडेजा, हार्दिक पान्ड्या ।
वैकल्पिक-श्रेयस अय्यर, शार्दूल ठाकुर, दीपक चाहर
कहिले कोसँग प्रतिस्पर्धा ?
प्रारम्भिक चरणमा भारतले २४ अक्टुबरमा पाकिस्तान, ३१ अक्टुबरमा न्युजिल्यान्ड, ३ नोभेम्बरमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।