काठमाडौं । नेपाली महिला फुटबल टिमले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेल आज साँझ ५ बजे सुरू हुनेछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।
नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।