शुक्रबार, असार ६ गते २०८२ Jun 20 2025 Friday
images
images

इपिएलको पहिलो खेलमा ललितपुर र काठमाडौं भिड्ने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/592
    भदौ २४, २०७८ बिहीबार
    इपिएलको पहिलो खेलमा ललितपुर र काठमाडौं भिड्ने
    काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रिओट्सबीच खेल हुने भएको छ । इपिएलको हिजाे सार्वजनिक भएको खेल तालिकाअनुसार असोज ९ गते शनिबार हुने पहिलो खेलमा काठमाडौं र ललितपुरबीच खेल हुने भएको हो । 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा संचालन हुने प्रतियोगिताको फाइनलसम्म गरी कूल १९ खेल हुनेछन् । तीन वटा शनिबारको बीचमा हुने प्रतियोगिताको समूह चरणका शीर्ष चार टिम प्लेअफमा पुग्नेछन् । फाइनल असोज २३ गते शनिबार हुने छ ।

    प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् । 

    विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो । 

    खेल तालिका

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij