एन्टोनियो ग्रिजम्यानलाई एथलेटिको म्याड्रिडले बुधबार सार्वजनिक गरेको छ । उनी दोस्रो कार्यकालका लागि एथलेटिकोको खेलाडी बन्न लागेका हुन् ।
यसअघि पहिलोपटक एथलेटिकोबाट खेल्दा ग्रिजम्यान टोलीका स्टार थिए ।२०१९ मा बार्सिलोनामा स्थानान्तरण भएका ग्रिजम्यान अहिले ऋणमा क्लबमा फर्किएका हुन् । ‘मलाई लाग्छ, एथलेटिकोमा मेरो र समर्थकहरुबीच निकै राम्रो सम्बन्ध छ र म त्यसलाई फेरि खोज्न चाहन्छु,’ उनले भने, ‘म मैदानमा सबै कुरा दिन चाहन्छु ।’
डिएगो सिमोनी र ग्रिजम्यानबीचको सम्बन्ध निकै राम्रो मानिन्छ । उनले सिमोनीको पनि प्रसंशा गरेका छन् । ‘म उनलाई धन्यवाद् भन्न चाहन्छु । मेरो करियरमा उनको प्रभाव ठूलो छ । मैले यो क्लबमा जीवनका उत्कृष्ट क्षण बिताएँ, व्यवसाहिक र व्यक्तिगत रुपमा पनि,’ ग्रिजम्यानले भने ।
२०१४ देखि २०१९ सम्म ग्रिजम्यानले एथलेटिकोबाट १ सय ८४ खेल खेल्दै ९४ गोल गरेका थिए । उनले बार्सिलोनाबाट २०१९ यता ७४ खेल खेलेर २२ गोल गरे ।