शुक्रबार, असार ६ गते २०८२ Jun 20 2025 Friday
images
images

विश्वकप छनोटमा जर्मनीको शानदार जित, इंग्ल्याण्ड बराबरीमा रोकियो


  • 955
    SHARES
  • https://indrenipost.com/posts/595
    भदौ २४, २०७८ बिहीबार
    विश्वकप छनोटमा जर्मनीको शानदार जित, इंग्ल्याण्ड बराबरीमा रोकियो

    काठमाडौं । विश्वकप छनोटमा जर्मनीले आइसल्याण्डमाथि शानदार जित हात पारेको छ । बुधबार राति  भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० ले पराजित गरेको छ । जर्मनीका लागि सर्जी जीनाब्री, एन्टोनियो रुडिगर, लरेय साने र टिमो वेर्नरले गोल गरे ।

    जितपछि जर्मनी ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै छ । आइसल्याण्ड ६ खेलबाट ४ अंकसहित पाँचौ स्थानमा छ । उता इंग्ल्याण्डले भने छनोटमा पहिलो बराबरी खेलेको छ । इन्जुरी टाइममा गोल बेहोरेपछि इंग्ल्याण्डले पोल्याण्डसंग १-१ को बराबरी खेलेको हो ।

    समूह आई अन्तर्गत वार्सामा भएको खेलमा ह्यारी केनले ७२औं मिनेटमा गोल गर्द इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तर डामिएन साएमान्स्कीले इन्जुरी टाइमको दोस्रो मिनेटमा पोल्याण्डको लागि बराबरी गोल फर्काए ।

    बराबरीपछि पनि ६ खेलबाट १६ अकसहित इंग्ल्याण्ड समूह आईको शीर्ष स्थानमै छ । पोल्याण्ड समान खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ । सानमारिनोलाई ५-० ले पराजित गरेको अल्वानिया १२ अंकसहित दोस्रोमा छ ।

    यस्तै समूह ई मा बेल्जियमले बेलारुसलाई १-० ले पराजित गर्द अपराजित यात्रा कायम राखेको छ । बेल्जियमको लागि डानिस परेटले एक मात्र गोल गरे । ६ खेलबाट १६ अंकसहित बेल्जियम शीर्ष स्थानमा छ । बेल्जियमले दोस्रो स्थानको चेक रिपब्लिकमाथि ९ अंकको अग्रता बनाएको छ ।

    समूह बी मा स्पेनले कोसोभोलाई २-० ले पराजित गरेको छ । स्पेनको लागि पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरे । स्पेन ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ ।

    स्वीडेन भने ग्रीससँग १-० ले पराजित भयो । स्वीडेन ४ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको ग्रीस तेस्रो स्थानमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij