शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

काठमाडौं महानगरपालिकालाई साक्षर महानगर घोषणा : ९६.६ प्रतिशत नागरिक साक्षर


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/604
    भदौ २४, २०७८ बिहीबार
    काठमाडौं महानगरपालिकालाई साक्षर महानगर घोषणा : ९६.६ प्रतिशत नागरिक साक्षर

    काठमाडौं महानगरपालिकालाई साक्षर महानगर घोषणा गरिएको छ । सोमबार महानगरले नै यो घोषणा गरेको हो ।

    ‘महानगरमा ९६.६ प्रतिशत साक्षर भएको तथ्यांक प्राप्त भयो । ३२ वटै वडाबाट आएको तथ्यांकको आधारमा साक्षर घोषणा गरिएको हो,’ शिक्षा शाखाका प्रमुख राम सुवेदीले भने ।

    बोल्न, लेख्न, पढ्न, हिसाब किताब गर्न, पैसाको अकं चिन्न, मोबाइलको अंक थिच्न, घडीको समय हेर्न सक्नेलाई आधार मानिएको उनले बताए ।

    ‘राष्ट्रिय मापदण्डले १५ देखि ६० वर्षसम्मका मानसिहरूमा ९५ प्रतिशत भन्दा बढी साक्षर भएको अवस्थामा साक्षर महानगर वा नगर घोषणा गर्ने प्रावधान छ,’ उनले भने । सो मापदण्डको विस्तृत आधार भने खुलाइएको छैन । ३२ वटा वडाले प्रतिशतमा दिएको आँकडा आधार मानेर सो घोषणा गरेको प्रमुख सुवेदीले प्रष्ट पारे ।

    महानगरले कोभिडकै बीचमा पनि साक्षरता अभियान चलाएको उनको भनाई छ । ‘गत सालदेखि नै अभियान चलाएका हौं। गत वर्षको माघ, फागुन र चैतमा अभियानको रुपमा साक्षरता कक्षा समेत चलाएका थियौं,’ उनले भने ।

    महानगरले साक्षर घोषणा गरेपनि यसको प्रमाणपत्र भने जिल्ला शिक्षा समन्वय इकाइले दिनुपर्ने हुन्छ । ‘महानगरले साक्षर घोषणा गरेको छ । आगामी साक्षरता दिवसको दिन जिल्ला शिक्षा समन्वय इकाइले प्रमाणपत्र दिन्छ,’ उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij