शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

गण्डकी विश्वविद्यालयको डिनमा प्रा.डा. कपिल अधिकारी नियुक्त


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/613
    भदौ २६, २०७८ शनिबार
    गण्डकी विश्वविद्यालयको डिनमा प्रा.डा. कपिल अधिकारी नियुक्त

    काठमाडौं । गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा.डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

    अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि गरेका अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्राध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा.अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले बताए ।

    डा.अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने विश्वास देवकोटाले व्यक्त गरे ।

    dr.jpeg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij