बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

वित्तीय उपराध

नापी सर्वेक्षक र लेखापढी व्यवसायी घुससहित पक्राउ


  • 577
    SHARES
  • https://indrenipost.com/posts/6140
    माघ १०, २०८० बुधबार
    नापी सर्वेक्षक र लेखापढी व्यवसायी घुससहित पक्राउ

    ललितपुर । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी साढे २ लाख घुससहित पक्राउ परेका छन् ।

    मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनालाई घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    पक्राउ पर्नेमा नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी छन् ।

    उनीहरूले जग्गा कित्ताकाट गरी जग्गा धनी प्रमाणपुर्जा बनाउनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप छ ।

    घुस मागेको सूचनापछि खटिएको अख्तियारको टोलीले उनीहरूलाई कार्यालय परिसरबाटै पक्राउ गरेको प्रवक्ता घिमिरेले बताए ।

    उनीहरूले सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ लिइसकेका थिए । अख्तियारले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij