शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरण नहुँदै खुल्न थाले काठमाडौँका विद्यालय


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/615
    भदौ २६, २०७८ शनिबार
    कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरण नहुँदै खुल्न थाले काठमाडौँका विद्यालय

    काठमाडौं । कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् ।  १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन्  । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ । भदौ १५ देखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिका (स्थानीय तह)ले अनुमति दिएको छ ।

    आजदेखि विद्यालय सञ्चालन गर्ने अनुमति दिइए पनि फाट्टफुट्टरुपमा मात्र विद्यालय खुलेका छन् । अब आईतबारदेखि पूर्णरुपमा विद्यालय सञ्चालन गर्ने तयारी भएको सञ्चालकहरुले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij