शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

असोज १ गतेबाट काठमाडौंका विद्यालयमा पठनपाठन सुरू हुने


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/617
    भदौ २६, २०७८ शनिबार
    असोज १ गतेबाट काठमाडौंका विद्यालयमा पठनपाठन सुरू हुने

    काठमाडौं । काठमाडाैं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज  भएको छलफबाट साे निर्णय भएकाे हाे ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पराजुलीले बताए ।

    छलफलमा जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij