मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द


  • 514
    SHARES
  • https://indrenipost.com/posts/6249
    माघ १७, २०८० बुधबार
    भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

    बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् ।

    स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

    प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताए । 

    एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो ।

    अत्याधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन् ।

    कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँछ्युका माध्मबाट सजिलै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गरे । 

    सङ्क्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँछ्यु गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने उनले सुझाब दिए । 

    स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको जानकारी दिए । 

    भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने उनले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij