शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

नेपाल ए र क्यानडा-११ बीचको दोस्रो खेल हुँदै


  • 631
    SHARES
  • https://indrenipost.com/posts/6769
    फागुन ८, २०८० मंगलबार
    नेपाल ए र क्यानडा-११ बीचको दोस्रो खेल हुँदै

    काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा-११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुँदैछ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ ।

    यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा-११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल सुरु गरेको पहिलो पटक हो ।

    क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ ।   क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ ।

    नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ । क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

    नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

    नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij