मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

क्यानडा-११ विरुद्ध टस हारेर पहिला व्याटिङ गर्दै नेपाल


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6826
    फागुन १०, २०८० बिहीबार
    क्यानडा-११ विरुद्ध टस हारेर पहिला व्याटिङ गर्दै नेपाल

    काठमाडौं । नेपाल ए र क्यानडा- ११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ ।  

    मुलपानी क्रिकेट मैदानमा हुने यो खेलमा क्यानडा-११ ले टस जितेको छ ।

    क्यानडा- ११ ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।  

    यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो ।

    १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।  

    नेपालको प्लेइङ-११: सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।  

    नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij