मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतमा महिला प्रिमियर लिग हुँदै, शाहरुख खान लगायतका सुपरस्टारको पनि उपस्थिति रहने


  • 424
    SHARES
  • https://indrenipost.com/posts/6844
    फागुन ११, २०८० शुक्रबार
    भारतमा महिला प्रिमियर लिग हुँदै, शाहरुख खान लगायतका सुपरस्टारको पनि उपस्थिति रहने

    बैंग्लोर । भारतीय महिला प्रिमियर लिग २०२४ आजबाट सुरु हुँदैछ । यो लिग यही शुक्रबार अर्थात् २३ फेब्रुअरीबाट सुरु हुँदा यसको उदघाटन खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ । 

    यो खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । खेल साँझ ७ः३० बजे सुरु हुनेछ ।

    तर, यस प्रतियोगिताको उद्घाटन समारोह त्यसको एक घण्टा अगाडि अर्थात् साँझ ६ः३० बजेबाट सुरू हुनेछ ।

    जसमा बलिउडका ठूला स्टारहरु तरंग मच्चाउने छन् । महिला प्रिमियर लिग २०२४ को उद्घाटन समारोहमा वरुण धवन, टाइगर श्राफ, कार्तिक आर्यन, शाहिद कपूर र सिद्धार्थ मल्होत्रा ​​जस्ता सुपरस्टारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनेछन् ।

    यस क्रममा शाहरुख खान पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् । गत वर्षको उदघाटन समारोहभन्दा यस वर्षको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ ।

    महिला प्रिमियर लिगको उद्घाटन समारोहको लाइभ स्ट्रिमिङ जियो सिनेमा एपमा हेर्न सकिन्छ । साथै स्पोर्टस–१८ च्यानलमा प्रत्यक्ष प्रसारण पनि हेर्न सकिनेछ ।  

    महिला प्रिमियर लिगको यो दोस्रो सिजन हो । पहिलो सिजन एउटै स्थानमा खेलाइएको थियो तर यस पटक लिग दुई स्थानमा खेलाइनेछ ।

    बैंगलोर र दिल्लीलाई यस लिगको आयोजक सहरको रूपमा छनोट गरिएको छ । २३ फेब्रुअरीदेखि ४ मार्च सम्मको उद्घाटन खेलदेखि सबै खेलहरू बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा खेलाइनेछ ।   

    यसपछि लिग चरणका बाँकी खेलहरू र एलिमिनेटर र फाइनलका खेलहरू मार्च ५ देखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछन् ।

    दुवै स्थानमा ११–११ खेल हुनेछन् ।   यसपटक महिला प्रिमियर लिगमा कुल २२ खेल हुनेछन् । लिग चरणमा पाँच टोलीले एक एक गर्दै आमनेसामने गर्नेछन् । प्रतियोगिताको फाइनल खेल १७ मार्चमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij