काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम ‘एनआरटी (काठमाडौं खेल मण्डल) र स्पोट्र्स कीट ब्रान्ड केल्मी’बीच ४ बर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी ४ बर्षको लागि सम्झौता भएको हो ।
एनआरटीले कामारू ट्रेडिङ प्रालिको केल्मीबाण्डसँग ४ बर्षको लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा ४ बर्षसम्म केल्मी ब्राण्डको ट्रयाकसूट, होम एन्ड अवेजर्सी, बिब्स र बल प्रयोग गर्नेछ ।
त्यसैगरी सम्झौता पत्रमा एनआरटीबाट अध्यक्ष सुन्दर जोशी तथा महासचिव नरेन्द्र श्रेष्ठ र केल्मीतर्फबाट निर्देशक प्रदीप न्यौपाने र उत्तम न्यौपानेले हस्ताक्षर र सम्झौता पत्र आदान–प्रदान गरे । ‘सम्झौता ४ बर्ष हैन ४० बर्षसम्म पुर्याउँछौँ । क्लबसँग आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नेछौँ भन्दै केल्मीका निर्देशक न्यौपानेले प्रण गरे ।’
एनआएटीका महासचिब श्रेष्ठले खेलाडीहरूलाई हौसला प्रदान गर्दै भने, ‘केल्मीसँगको सहकार्यले क्लबलाई लिग खेल्न सहज हुनेले आगामी यात्राको लागि यो नै बेस्ट प्लेटफर्म हुनेछ ।’
क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधी ५ पटक जितिसकेको छ । यस पटक पनि उपाधी जित्ने योजनामा रहेको उक्त क्लबले बतायो । यस सिजन क्लबमा राष्ट्रिय खेलाडी एरिक बिस्ट, दर्शन गुरुङ, बिक्रम धिमाल, राजेश परियार, बिदेशी खेलाडी मेसुके र स्टेफन रहेका छन् ।