शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

वाफ महिला च्याम्पियनसिप : साउदीमा आज नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुँदै


  • 523
    SHARES
  • https://indrenipost.com/posts/6863
    फागुन १२, २०८० शनिबार
    वाफ महिला च्याम्पियनसिप : साउदीमा आज नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्यालेस्टाइनसँग खेल्दैछ ।

    साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ । यो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।

    समूह विजेताले समुह ‘ए’ को उपविजेता लेवनानसँग खेल्नेछ। उपविजेताले भने समूह ‘ए’ को विजेता जोर्डनसँग खेल्नेछ । पहिलो पटक वाफ खेलिरहेको नेपाललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।

    नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो । दोस्रो खेलमा भने इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो ।

    इराकमाथि जित निकाल्ने क्रममा सबै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । सो गोलसँगै साम्बाले नेपालका लागि अन्तराष्ट्रिय खेलमा ५० गोलको कोशेढुङ्गा पार गरेकी थिइन् ।

    साम्बा जारी च्याम्पियनसिपको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । च्याम्पियनसिपमा उनले २ खेलमा ६ गोल गरिसकेकी छिन् ।

    समूह चरणका समान २ खेलमा जित निकालेका नेपाल र प्यालेस्टाइन शीर्ष स्थानमा छन् । अंक तालिकामा समान ६ अंक भएपनि गोल अन्तरमा नेपाल शीर्ष स्थानमा छ भने प्यालेस्टाइन दोस्रो स्थानमा छ ।

    लगातार दुई खेलमा हार भोगेका सिरिया तेस्रो र इराक चौथो स्थानमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij