शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेल नेदरल्याण्डससँग खेल्दै


  • 568
    SHARES
  • https://indrenipost.com/posts/6881
    फागुन १३, २०८० आइतबार
    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेल नेदरल्याण्डससँग खेल्दै

    काठमाडौं । नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ ।  

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । 

    यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग–२ को पहिलो सिरिज पनि जितेको छ ।

    त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ ।

    नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।  

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।  

    लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।       

    आईसीसीका अनुसार लिग(२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij