मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्यान्ड्सँग नेपाल पराजित


  • 460
    SHARES
  • https://indrenipost.com/posts/6904
    फागुन १३, २०८० आइतबार
    आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्यान्ड्सँग नेपाल पराजित

    काठमाडौं । नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो ।  

    नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो ।  

    योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर सिरिज जितेको छ भने नेदरल्याण्डसले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गरेको छ ।

    त्यसैगरी नेपालले भने ४ खेलमा केवल एक खेल मात्र जितेर २ अंक हासिल गरको छ ।   लिग-२ को यो सिरिज सकिएसँगै अब नेपाल, नेदरल्याण्डस र नामिबियाले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् ।

    सिरिजको पहिलो खेल फेब्रुअरी २७ मंगलबार टियु मैदानमा नेपाल र नामिबिया खेल्दै छन् ।  

    त्यसैगरी नेपालले अब आइसीसी क्रिकेट विश्वकप लिग-२ मा अर्को सिरिज आगामी सेप्टेम्बरमा क्यानडामा क्यानडासहित ओमानसँग खेल्ने तालिका छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij