लन्डन क्लब चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ (ईएफएल) कपको उपाधि जितेको छ ।
आइतबार राति वेम्बलीमा भएको फाइनल खेलमा भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोल नै लिभरपुलको जितका लागि निर्णायक भएको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा डाइकले हेडमार्फत गोल गरेपछि चेल्सीलाई १–० ले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो ।
लिभरपुलले काराबाओ कप ट्रफीसँगै एक लाख र दोस्रो भएको चेल्सीले ५० हजार पाउन्ड रकम प्राप्त गरेका छन्। सेमिफाइनलमा पराजित फुलह्याम र मिडल्सब्रोले २५ हजार पाउन्ड मात्र पाए ।