बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

च्याम्पियन्स लिगको सम्पूर्ण नजिता : पिएसजी रोकियो, सिटी, लिभरपुल, रियल म्याड्रिड र डर्टमण्डको विजयी सुरुवात


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/692
    भदौ ३१, २०७८ बिहीबार
    च्याम्पियन्स लिगको सम्पूर्ण नजिता : पिएसजी रोकियो, सिटी, लिभरपुल, रियल म्याड्रिड र डर्टमण्डको विजयी सुरुवात

    काठमाडौं । युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

    लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे तीनै अट्याकरलाई प्लेईङ सेटमा उतारे पनि पीएसजीले गोलको खडेरी तोड्न सकेन । यद्यपि खेलमा अग्रता भ्रमण टोली पिएसजीले नै बनायो । एम्बाप्पेले उपलब्ध गराएको बललाई आन्द्रे हेरेराले गोल गरे । हेरेराले खेलको १५ मिनेटमा गोल गरेका थिए ।

    घरेलु टोली ब्रगका हान्स भनाकनले खेलको २७ मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए । मेस्सी, नेयमार र एम्बाप्पेको साथ पाएको पीएसजीले बाकी समय खेलमा दबाब बनाएपनि पहिलो खेलमै अक बाढ्न बाध्य भयो । समूह ए अन्तर्गतको अर्को खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

    इतिहाद मैदानमा गोल बर्षा हुँदा सिटीले विजयी सुरुवात गर्यो । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए । सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले एक एक गोल गरे भने लापजिगका नर्दी मुकियलेले एक आत्माघाति गोल गरे ।

    यता, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३ मिनेटमा ह्याट्रिक पुरा गरेपनि टोलीको हार टार्न सकेनन३ । यस अघि लाइपजिगका एन्जेलिनोले ७९ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

    खेलसँगै समूह ए मा ३ अंक सहित सिटी शीर्षस्थानमा छ । बराबर खेलेका क्लब ब्रग र पीएसजीको सामान १ अंक रहँदा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन३ । पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ । यस्तै समूह बी अन्तर्गतको खेलमा लिभरपुलले एसि मिलानलाई रोमाञ्चक खेलमा ३–२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुर घरेलु मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह, जोर्डन हेन्डरसन एक एक गोल गर्दा मिलानका फिकायो तोमोरीले आत्माघाति गोल गरेका थिए ।

    भ्रमणकारी टोली एसि मिलानको लागि एन्टे रोबिक र ब्राहिम डियाजले एक एक गोल गरे । खेलमा मिलानका जाल्टान इभ्राहिमोभिक उपलब्ध थिएनन् । यस अघि १४ मिनेटमा लिभपुरका सलाहको पेनाल्टी प्रहार मिलान गोलकिपर माइक माईग्नानले बचाउ गरेका थिए ।

    समूह बी अन्तर्गतकै अर्को खेलमा एथ्लेटिको म्याड्रिड र एफसी पोर्टोबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । म्याड्रिडमा भएको खेलमा एफसी पोर्टो अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो । खेलसँगै समूह बी बाट लिभरपुल ३ अंक सहित शीर्षस्थानमा छ । यस्तै बराबरी खेलेका एथ्लेटिको र पोर्टो क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा एसी मिलान अन्तिम स्थानमा छ ।

    यस्तै समूह सी को खेलमा स्पेनीस रियल म्याड्रिडले इटाली क्लब इन्टर मिलानविरुद्ध १–० को कठिन जित हासिल गरेको छ । भ्रमणकारी टोली रियलले रोड्रिगोको निर्णायक गोलमा ८९ मिनेटमा १–० को अग्रता बनाएको थियो । घरेलु मैदान सान सिरोमा इन्टर फर्कने धेरै मौका बनाए पनि सफल हुन सकेन ।

    समूह सीकै अर्को खेलमा माल्दोभा च्याम्पियन एफसी सेरिफ तिरास्पोलले विजयी सुरुवात गरेको छ । क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग खेलेको सेरिफले युक्रेन च्याम्पियन सख्तर डोनेटस्कलाई २–० गोल अन्तरले पराजित गर्यो । घरेलु मैदान सेरिफ मैदानमा एडामा ट्राओरे र मोमो यान्सुनले एक एक गोल गरेका थिए ।

    जितसँगै समूह सी बाट सेरिफ र रियल म्याड्रिड क्रमशः ३–३ अंक सहित पहिलो र दोस्रो स्थानमा छन् । पराजित इन्टर र सख्तर भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यस्तै समूह सी अन्तर्गतको खेलमा अजाक्सले विजयी सुरुवात गरेको छ । गयराति भएको खेलमा भ्रमणटोली अजाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५–१ गोल अन्तरले पराजित गर्यो । नेदरल्याण्डको अजाक्सलाई जिताउन सेबाष्टियन हलरले ह्याट्रिक पूरा गरे । सेबाष्टियनले खेलको २, ९, ५१ र ६३ मिनेटमा गरि ४ गोल गरे । यस्तै स्टेफन बर्घुइसले एक गोल गरे । यता, स्पोर्टिङका लागि पौलिन्होले खेलको ३३ मिनेटमा एक सान्त्वना गोल गरे ।

    समूह सीकै अर्को खेलमा बोरुसिया डर्टमण्डले विजयी सुरुवात गरेको छ । भ्रमणकारी डर्टमण्डले घरेलु टोली बेसिक्तास जेकेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेल्लिंघाम र एर्लिङ ब्राउट हालाण्डले एक एक गोल गरे । यस्तै बेसिक्तासको लागि फ्रान्सिस्को मोन्टेरोले एक सान्त्वना गोल फर्काए ।

    समूह सी बाट अजाक्स र डर्टमण्डको समान ३ अंक सहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । बेसिक्तास र स्पोर्टिङ भने बिना अंक क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij