बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

चिनियाँ १४ औं राष्ट्रिय खेल सुरु, केल्मी मुख्य प्रायोजक 


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/693
    भदौ ३१, २०७८ बिहीबार
    चिनियाँ १४ औं राष्ट्रिय खेल सुरु, केल्मी मुख्य प्रायोजक 

    काठमाडौं । चिनियाँ १४ औं राष्ट्रिय गेम्स भब्यताका साथ सुरुवात भएको छ । १५ सेप्टेम्बर साझ ८ बजे शानक्सी ओलम्पिक स्पोर्टस् सेन्टरमा एक कार्यक्रमको आयोजना गरि १४ औं राष्ट्रिय खेलको सुरुवात भएको हो । 

    आयोजक कमिटीले ६ खेलाडीलाई टर्च लाइनको जिम्मेवारी दिएका थिए । जसमा टोक्यो ओलम्पिक पहिलो स्वर्ण विजेता याङ क्विन रहेकी छन् । उनले टर्च स्ट्याण्डमा रहेको अग्नि बाल्दै १४ औं राष्ट्रिय खेलको उद्धघाटन गरेकी हुन् । चाईनाको १४ औंराष्ट्रिय खेलमा ५४ ठूला इभेन्ट, ५ सय ९५ साना इभेन्ट रहेको छ । यस्तै मास कम्पिटिसनमा १९ ठूला इभेन्ट र १ सय ८५ ओटा साना इभेन्ट रहेका छन् । 

    प्रतियोगितामा १२ हजार खेलाडी रहेका छन् । यस्तै अफिसियलहरू ६ हजार रहँदा ४ हजार २ सण् टेक्निकल अफिसियल रहेका छन् ।

    यस्तै १४ औं राष्ट्रिय खेलको आधिकारीक पार्टनको रुपमा विश्व विख्यात स्पोर्टस् ब्राण्ड केल्मी रहेको छ । केल्मीले प्रतियोगितामा सहभागी खेलाडी, अफिसियल, स्टाफ, कर्ममारी, स्वयंसेवक, टेक्निकल टिम, पत्रकारसहित सहभागीलाई खेल पोशाक उपलब्ध गराउने भएको छ । 

    १५ सेप्टेम्बरमा सुरु भएको प्रतियोगिता २७ सेप्टेम्बरमा समापन हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij