शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दै


  • 469
    SHARES
  • https://indrenipost.com/posts/6960
    फागुन १६, २०८० बुधबार
    त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

    काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ ।

    टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि असुरु हुँदैछ । मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार व्यहोरेको थियो ।

    त्यस्तै नेदरल्यान्ड्सँग भने सिरिजमा पहिलो खेल खेल्दैछ ।  नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रसिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेकाछन् ।

    आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ ।

    त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ । खेल तालिका - नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।

    - नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।

    - नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।

    - नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।

    - नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।

    -नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।  

    - फाइनल, फागुन २२ गते मंगलबार ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij