मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाली महिला फुटबलर ‘साम्बा’ बनिन् दक्षिण एसियाकै सर्वाधिक गोल गर्ने खेलाडी


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6968
    फागुन १६, २०८० बुधबार
    नेपाली महिला फुटबलर ‘साम्बा’ बनिन् दक्षिण एसियाकै सर्वाधिक गोल गर्ने खेलाडी

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।

    वाफ महिला च्यायम्पियनसिप अन्तरगत ९ गोल गरेपछि साम्बाले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् ।

    गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले रेकर्ड बनाएकी हुन् ।

    सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् ।

    भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।

    नेपाली महिला फुटबल तर्फ अन्र्तराष्ट्रिय जगतमा परिचय बनाउन सफल साम्बा युरोपेली लिगमा माथिल्लो स्तरको क्लबबाट खेल्ने एकमात्र खेलाडी हुन् ।

    उनले फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेर खेलिरहेकी छन् ।

    केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट ब्यबसायिक फुटबल खेलेकी थिइन् ।

    तर युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन् ।

    उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन् ।

    हाल साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा ९ गोल सहित गोल्डेन बुटको दावेदार रहेकी साम्बाले सिरिया विरुद्ध १ गोल, इराकविरुद्ध ५ गोल, प्यालेस्टाइनविरुद्ध २ गोल र सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरिसकेकी छन् ।

    इराक विरुद्ध ५ गोल गर्दै उनले नेपालको तर्फबाट ५० अन्तरास्ट्रिय गोलको कोषेढुङ्गा पार गरेकी थिइन् ।

    अन्तरास्ट्रिय खेल मिडियाले नेपाली स्टार साम्बालाइ गोल मेसिनको उपाधी दिने गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij