काठमाडौं । घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।
उता नेदरल्यान्डस भने नेपाललाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।
सिरिजमा भोलि बिहीबार नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन् ।
यही फागनु १८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ भने १९ गते आफ्नो अन्तिम खेलमा नेदरलल्यान्ड्ससँग भिड्नेछ ।
सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।
शीर्ष २ मा रहने टोलीले फाइनलमा पुग्नेछन् । फाइनल खेल २२ गते हुने तालिका छ ।