मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

त्रिकोणात्मक टी-२० : नेदरल्यान्ड्ससँगको खेलमा नेपाललाई दोस्रो सफलता


  • 433
    SHARES
  • https://indrenipost.com/posts/6975
    फागुन १६, २०८० बुधबार
    त्रिकोणात्मक टी-२० : नेदरल्यान्ड्ससँगको खेलमा नेपाललाई दोस्रो सफलता

    काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन् ।

    कुशलले ८.५ ओभरमा नेदरल्यान्ड्सका माइकल लेभिटलाई पभेलियनको दिशा देखाएका हुन् ।

    नेपालविरुद्ध अर्धशतक बनाएका लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे ।

    जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

    शृंखलामा नेपालको यो दोस्रो र नेदरल्यान्ड्सको पहिलो खेल हो ।

    यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij