शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6977
    फागुन १६, २०८० बुधबार
    नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

    काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो ।

    नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् ।

    त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।

    त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij