काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ ।
टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे ।
उनले ४९ बलमा शतक पूरा गरेका हुन् । उनले ६२ बलमा १३५ रन बनाए। साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए ।
बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए । पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए ।
टी–२० अन्तर्राष्ट्रिय खेल अन्तर्गत टियु क्रिकेट मैदानमा आजको स्कोर अहिलेसम्मकै उच्च हो । यसअघि टी–२० खेलमा यो मैदानमा २३८ रनको उच्च स्कोर बनेको थियो ।