शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

त्रिकोणात्मक टी-२० आई सिरिज : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा


  • 568
    SHARES
  • https://indrenipost.com/posts/7012
    फागुन १८, २०८० शुक्रबार
    त्रिकोणात्मक टी-२० आई सिरिज : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

    काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ ।  

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।  

    यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ ।

    नेपालले लगातार दुई खेलमा हार व्यहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    आइसीसीको टी-२० वरियतामा तिन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

    अबका बाँकी खेलहरूः - नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार । - नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।   फाइनल, फागुन २२ गते मंगलबार ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij