मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नामिबियाविरुद्ध नेपालले दुई ओभरमा गुमायो दुई विकेट


  • 415
    SHARES
  • https://indrenipost.com/posts/7022
    फागुन १८, २०८० शुक्रबार
    नामिबियाविरुद्ध नेपालले दुई ओभरमा गुमायो दुई विकेट

    काठमाडौं । त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले सातौँ र आठौँ ओभरमा दुई विकेट गुमाएको छ ।

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौँ ओभरको अन्तिम बलमा ओपनर अनिल साहलाई गुमाएको हो ।

    अनिलले १७ बलमा तीन छक्कासहित टिमको खातामा २३ रन थपे ।

    नेपालले ७.२ ओभरमा गुल्सन झालाई पनि गुमाएको छ । गुल्सनले १६ बलमा एक चौका र तीन छक्कासहित २६ रन बनाए ।

    जारी खेलको आठ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ६६ रन बनाएको छ

    । त्यसअघि नेपालले ओपनर आसिफ सेखलाई एक रन र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत १० रनमा गुमाएको थियो ।

    शृंखलामा यसअघि दुई खेल खेले पनि नेपाल हालसम्म जितविहीन छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij