काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भइरहेको खेलमा नामिबियाले तेस्रो विकेट गुमाएको छ ।
नेपालविरुद्ध १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ५० रन बनाउँदा तेस्रो विकेट गुमाएको हो । सोमपाल कामीले ७.२ ओभरमा नेपालका लागि तेस्रो विकेट लिएका हुन् ।
उनले नामिबियाका जेपी कोट्जेलाई आउट गरे । कोट्जेले २२ बल खेल्दै २५ रन जोडेर आउट भएका हुन् । यसअघि सोमपाल कामीले नै पहिलो विकेट लिएका थिए ।
सोमपालले दोस्रो ओभरको तेस्रो बलमा नामिबियाका मलान क्रुङ्गरलाई आउट बनाएका हुन् । त्यस्तै करण केसीले नामिबियाका मिचेल भान लिङ्गेनको विकेट लिएका थिए ।
उनले १२ बल खेल्दै १० रन जोडेर आउट भएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले नामिबियालाई जितका लागि १८१ रनको लक्ष्य दिएको थियो ।
निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाउँदै १८० रन बनाएपछि नामिबियाले १८१ रनको लक्ष्य पाएको हो । फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ ।
यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो ।