मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए [नामावलीसहित]


  • 649
    SHARES
  • https://indrenipost.com/posts/7029
    फागुन १८, २०८० शुक्रबार
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए [नामावलीसहित]

    काठमाडौं । फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गर्नुभएको हो ।

    नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की छन् ।

    रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन् ।

    मिडफिल्डरमा एरिक विष्ट, मनिष डाङ्गी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई छन् भने स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्ट छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij