मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा


  • 460
    SHARES
  • https://indrenipost.com/posts/7031
    फागुन १९, २०८० शनिबार
    टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

    काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ ।

    नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।

    नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ ।

    नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

    यसअघि हिजोको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ ।

    जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटिएको थियो ।

    नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए ।

    यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको हो ।

    नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान दुई अङ्क नै छ । नेदरल्यान्डसको दुई खेलमा चार अङक रहेको छ ।

    नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij