काठमाडौं । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियाे ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुँदैछन् ।
प्रतियोगिताको पहिलो चरणमा सहभागी चारवटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शीर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।
नेपाली टिम : गोलरक्षक: रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली ।
डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।
मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ ।
स्ट्राइकर: पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।