मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

साफ यु-१६ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै


  • 478
    SHARES
  • https://indrenipost.com/posts/7042
    फागुन १९, २०८० शनिबार
    साफ यु-१६ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

    काठमाडाैं । साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपाल पहिलो खेल खेल्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा आज दिउँसो ३ बजे नेपालले बंगलादेशको सामना गर्ने छ ।

    राउन्ड रोविनमा हुने प्रतियोगिताको उदघाटन खेलमा भारतले भुटानलाइ ७-० गोल अन्तरले पराजित गरेको थियो । नेपालले आज घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहान्छ ।

    गतवर्ष यु-१५ साफ महिला च्यायम्पियन्सिप जितेको नेपालको लागि यु-१६ मा पनि च्याम्पियन बन्ने दबाब छ । प्रतियोगिताको बारेमा प्रतिक्रिया दिदै नेपाली टिमका प्रशिक्षक चक्र तामाङले नेपाललाई घरेलु मैदान फाइदा हुने र बंगलादेश विरुद्ध सहज जित निकाल्ने बताए ।

    एक महिना अघिबाटको राम्रो तयारीले नेपाली टिमको प्रदर्शन राम्रो हुने अपेक्षा रहेको उनको भनाइ छ । फागुन २७ गतेसम्म हुने प्रतियोगितामा लिगका शीर्ष २ टिमले फाइनलमा स्थान बनाउने छ्न् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij