मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

त्रिकोणीय टी- २० सिरिज : नेपालको नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित [तस्बिरसहित]


  • 784
    SHARES
  • https://indrenipost.com/posts/7046
    फागुन १९, २०८० शनिबार
    त्रिकोणीय टी- २० सिरिज : नेपालको नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित [तस्बिरसहित]

    काठमाडौं । त्रिकोणीय टी२० सिरिजमा शनिबार नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित हात पारेको छ । जारी प्रतियोगिताको पाँचौ खेलमा पहिलोपटक लक्ष्य पछ्याउने टिम विजयी भएको हो ।

    FB_IMG_1709371016499.jpg

    त्रिवि मैदानमा नेदरल्यान्डस् कप्तान स्कट इडवार्डसले टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएका थिए । तर, उनको निर्णयलाई गलत सावित गर्दै नेपाली बलरले नेदरल्यान्ड्सलाई १२० रनमा अलआउट गरे ।

    FB_IMG_1709371018727.jpg

    १२१ रनको सामान्य लक्ष्य पाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले ८६ रनको साझेदारी गरे । रोहितले ३४ बलमा ४६ रन बनाए भने गुल्सनले ३६ बलमा ३८ रन बनाए ।

    FB_IMG_1709371021145.jpg

    यो जितसँगै नेपालको फाइनल स्थान लगभग पक्का भएको छ । सुरुवाती दुई खेलमा हार व्यहोरेको नेपालले पछिल्ला दुई खेलमा लगातार जित हात पारेको हो ।

    FB_IMG_1709371027325.jpg

    अंक तालिकामा हाल ४ अंकका साथ नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने नेपालको पनि चार अंक छ । २ अंक रहेको नामिबिया तेस्रो स्थानमा छ ।

    FB_IMG_1709371033122.jpg

    शीर्ष दुई टिम फाइनल पुग्नेछन् । भोलि नामिबिया र नेदरल्यान्ड्सबीच हुने खेलपछि फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । शनिबार त्रिवि मैदानमा प्रतिशत जिसीले घातक बलिङ गरेपछि नेदरल्यान्ड्स सस्तैमा रोकिएको थियो ।

    FB_IMG_1709371030351.jpg

    उनले चार ओभरमा १३ रन मात्र दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्तै कुशल मल्लले पनि चार ओभरमा १८ रन दिएर दुई विकेट लिए । यस्तै करण केसीले पनि तीन ओभरमा १८ रन दिएर २ विकेट लिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij