मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाल बङलादेशसँग पराजित


  • 712
    SHARES
  • https://indrenipost.com/posts/7049
    फागुन १९, २०८० शनिबार
    नेपाल बङलादेशसँग पराजित

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज

    भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा सौरभी प्रीतिले गोल गरिन् ।

    उनले खेलको २५औँ मिनेटमा पहिलो गोल गरिन् । त्यस्तै खेलका ३१औँ मिनेटमा प्रीतिले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् ।

    नेपालकी गोलकिपर झरना डुम्राकोटीले बङ्गलादेशकी खेलाडी अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र लडाएपछि बङ्गलादेशले पेनाल्टीको अवसर पाएको थियो ।

    प्रतियोगितामा आयोजक नेपालसहित बङ्गलादेश, भुटान र भारत सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij