मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

ब्रेन्टफोर्डसँग चेल्सी बराबरीमा रोकियो


  • 433
    SHARES
  • https://indrenipost.com/posts/7057
    फागुन २०, २०८० आइतबार
    ब्रेन्टफोर्डसँग चेल्सी बराबरीमा रोकियो

    इंग्लिस प्रिमियर लिगमा चेल्सी फेरि बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सी ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

    खेलमा सुरुवाती अग्रता भने चेल्सीले नै लिएको थियो । खेलको ३५औँ मिनेटमा निकोलस ज्याकसनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० को अग्रता लिएको चेल्सी दोस्रो हाफको सुरुवाती मिनेटमै गोल खान पुग्यो । खेलको ५०औँ मिनेटमा ब्रेन्टफोर्डका म्याड्स रोर्सलेवले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

    त्यसपछि खेलको ६९औँ मिनेटमा योएनी बिसाले गोल गर्दा ब्रेन्टफोर्डलाई २-१ को अग्रता दिलाएका थिए । तर, खेलको ८३औँ मिनेटमा एक्सेल डिसासीले बराबरी गोल फर्काउँदै चेल्सीलाई हारबाट जोगाएका थिए ।

    बराबरीसँगै चेल्सी २६ खेलबाट ३६ अंकका साथ लिगको ११औँ स्थानमा यथावत छ । ब्रेन्टफोर्ड भने २७ खेलबाट २६ अंकका साथ लिगको १५औँ स्थानमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij