मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

हङकङमा हुने टी-२० शृंखलाका लागि नेपाली टिमको घोषणा


  • 433
    SHARES
  • https://indrenipost.com/posts/7058
    फागुन २०, २०८० आइतबार
    हङकङमा हुने टी-२० शृंखलाका लागि नेपाली टिमको घोषणा

    काठमाडौं । हङकङमा आयोजना हुने टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

    रोहितको कप्तानीमा घोषणा गरिएको टिममा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, सन्दीप जोरा, प्रतिश जिसी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, विवेक यादव, सागर ढकाल, रासिद खान, आकाश चन्द र लोकश बम परेका छन् ।

    तर, नियमित ओपनर ब्याटर आसिफ शेख, फास्ट बलर सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र अनिलकुमार साहलाई भने टिमबाहिर राखिएको छ ।

    क्यानका अनुसार उनीहरूलाई विश्राम दिइएको हो । हङकङमा नेपालले पपुवा न्युगिनी र हङकङसँग त्रिदेशीय टी-२० शृंखला खेल्नेछ । नेपालले पहिलो खेल आयोजक हङकङसँग मार्च ९ मा र दोस्रो खेल १२ तारिखमा हङकङसँगै खेल्नेछ ।

    यस्तै, नेपालले तेस्रो खेल पपुवा न्युगिनीसँग मार्च १२ मा खेल्ने छ ।

    यस्तो छ नेपाली टिम :

    030743241Hongkong T20I - Squad.jpeg

    030748125Fixture - Hongkong, China T20I.jpeg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij