काठमाडौं । साफ यू१-६ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्दैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा अपराह्न ३ बजे शुरु हुनेछ ।
नेपाल दोस्रो खेल जितेर फाइनलमा पुग्ने सम्भावना कायम राख्ने योजनामा हुनेछ । नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो ।
पहिलो खेलमा भारतसँग ७–० ले पराजित भुटान पनि पहिलो जित हासिल गर्न चाहन्छ । प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशसहित चार टिम सहभगी छन् ।
राउण्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।